+
+
Shares

दोस्रो दिनको प्रदर्शन प्रमुख नेताको निवास केन्द्रित

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १०:२८

२४ भदौ, काठमाडौं । दोस्रो दिनको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले प्रमुख दलका प्रमुख नेतृत्व निवास लक्षित गरेका छन् ।

प्रशासनले बिहानैदेखि कर्फ्यु आदेश जारी गरेपनि प्रदर्शनकारीले अवज्ञा गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास अघि प्रदर्शन भएको छ ।

देउवा निवास बुढानीलकण्ठस्थित देउवा चोकमा र प्रचण्ड निवास खुमलटारमा प्रदर्शन गरेका छन् । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ निवास सुनाकोठीमा पनि प्रदर्शन भइरहेको छ ।

प्रचण्ड निवासमा मुंगामुढा नै भएको छ भने मन्त्री गुरुङको निवासमा आगजनी नै भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?