+
+
Shares

निरज आचार्यको सुझाव- संसद्बाट युवाको नेतृत्वमा नयाँ सरकार

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २५ गते १८:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले संसदबाट युवाको नेतृत्वमा नयाँ सरकार निर्माण गर्न आग्रह गरेका छन्।
  • आचार्यले जेनजी पुस्ताको भावना बमोजिम सरकार र पार्टी निर्माण गर्न सात बुँदे सझाव तयार पारेका छन्।
  • उनले अहिलेको संसदबाट युवाको नेतृत्वमा नयाँ सरकार र अर्ली इलेक्सनमार्फत मुलुकको बागडोर हस्तान्तरण उत्तम विकल्प भएको बताउनुभएको छ।

२५ भदौं, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले संसदबाट युवाको नेतृत्वमा नयाँ सरकार निर्माण गर्न आग्रह गरेका छन् ।

नयाँ परिस्थितिमा उनले सात बुँदे सझाव तयार पारेका छन् । ती सात बुँदेमा आचार्यले जेनजी पुस्ताको भावना बमोजिम सरकार र पार्टी निर्माण गर्नुपर्ने उल्लेख गरेका छन् ।

दलभित्र युवा पुस्तालाई नेतृत्व हस्तारण गर्न तयार हुनुपर्ने पनि उनको सुझाव छ । जेनजीहरुलाई पनि लोकतन्त्रबाट दायाँबायाँ नहुन सचेत गराएका छन् ।

यस्तो छ आचार्यका सुझावहरु :

१. जेन-जीका माग बमोजिम भ्रस्टाचारको अन्त्य र राज्य संरचनामा हुने ढिला सुस्ती अन्त्यको लागि शान्तिपूर्वक आवाज उठाइराखौ। दलभित्र युवा पुस्तालाई नेतृत्व हस्तरणको लागि सबै दल तयार बन्नु आवश्यक छ। यो आम जनताको माग हो र सबै दलले यसलाई अनिवार्य बोक्नु पर्ने यो आन्दोलनको संदेश हो।

२. अहिलेका जेन-जीहरुका बुबा-आमा/दाई-दिदी पुस्ताले गणतन्त्रको लागि गरेको योगदान र बलिदानीले आज आफ्ना आवाजहरु स्वतन्त्रतापूर्वक राख्ने अवसर दिएको हो । लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हो। यसमा खतरा मोल्नेगरी अगाडि नबढौ।

३. सबै दल र सबै दलका नेता तथा कार्यक्रमहरु खराब होइनन्। तिनलाई बोक्ने नेतृत्व र सही कार्यक्रम कार्यन्वयन नगर्ने परिपाटीमा समस्याहरु भए । सबै दल खराब र सबै नेता खराब भन्ने भाष्य जसरी बनाइदैछ त्यो अत्यन्त गलत छ। मन्त्री/सा‌ंसद भएर पनि सादा जीवन बाच्ने र सार्वजनिक गाडी चढेर हिड्ने पुस्ता पनि यिनै दल भित्र छन्। तर कतिपय नेताहरुमा भ्रष्ट चरित्र विकास भएको कुरा सही हो। यसलाई सच्याउन सबै लागौ।

४. सही व्यक्ति नेता हुने र सही व्यक्ति जनप्रतिधि हुने कुरा लोकतन्त्रमा मात्र सम्भव छ। दलहरु नै लोकतन्त्रका आधार हुन्। कस्ता दल र कस्तो नेतृत्व भन्ने बहस जेन-जी पुस्ताले गरोस। हामी त्यसमा साथ दिन तयार छौ।

५. लोकतन्त्रबाट दायाबाया हुनेगरी अगाडि बढ्दा निरंकुशताको खतरा हुन्छ र अहिलेको जेन-जी पुस्ताका भाइबहिनीको पुस्ता फेरि सडकमा आउने अवस्था बन्न सक्छ।

६. दलभित्र युवा नेतृत्व र जेन-जीको माग र आवश्यकता अनुकुलको नीतिको लागि लागौ। लोकतन्त्रमा दल, नेता र नीति फेर्न पाइन्छ। चुनाव मार्फत आफ्ना प्रतिनिधि फेर्न पाइन्छ।

७. अहिलेको संसदबाट युवाको नेतृत्वमा नयाँ सरकार र अर्ली इलेक्सन मार्फत जेन-जी लगायत युवा पुस्तामा मुलुकको बागडोर हस्तान्तरण अहिलेको उत्तम विकल्प हो। यसमा लागौ।

राजनैतिक कार्यकर्ता र राजनीतिकर्मी मित्रहरु-

धैर्य बनौ, आफुलाई समीक्षा गरौ र जेन-जी स्प्रीट अनुसार आफुलाई पुनर्संरचना गर्न तयार गरौ। सही विचार, नीति र सोेंचले राजनीतिका आधार स्तम्भ हुन्। जहा छौ, त्यही उभिएर फरक हिसाबले अगाडि बढ्ने प्रण गरौं। नेकपा एमालेजन, अन्य वाम तथा लोकतान्त्रिक दलका मित्रहरु, अझ धैर्यशील र संवेदनशील बनौ।

यो कठिन समय पनि बितेर जानेछ। अब थप क्षति हुन नदिन र फेरि खरानीको डल्लोबाट उठेर अगाडि बढ्न प्रण गरौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?