+
+
Shares

‘संविधानको रक्षा गर’ भन्दै बानेश्वरमा नेविसंघको प्रदर्शन

विदेशी हस्तक्षेप बन्द गर, संविधानको रक्षा गर, राष्ट्रपतिलाई सार्वजनिक गर, नेपाली हामी रहौंला कहाँ नेपालै नरहे जस्ता प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ भदौ २६ गते १२:४४

२६ भदौ, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बानेश्वरमा प्रदर्शनको गरेको छ ।

विदेशी हस्तक्षेप बन्द गर, संविधानको रक्षा गर, राष्ट्रपतिलाई सार्वजनिक गर, नेपाली हामी रहौंला कहाँ नेपालै नरहे जस्ता प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

सोमबार र मंगलबार दुई दिन जेनजीको प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले २४ भदौमा राजीनामा दिएका थिए ।

मंगलबार प्रदर्शनकारीले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति निवासमा आगजनी गरेका थिए ।

सरकारी तथा राजनीतिक दलका नेताहरूको घरमा आगजनी, तोडफोड तथा लुटपाट हुन थालेपछि नेपाली सेनाले तत्काल यस्तो कार्य रोक्न आग्रह गरेको थियो ।

मंगलबार राति १० बजेदेखि नेपाली सेना परिचालति भएको छ ।

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?