+
+
Shares

आन्दोलनमा भएको जनधनको क्षतिमा चेम्बर दु:खी

आन्दोलनमा भएको जनधनको ठूलो क्षतिले देशमा थप निराशा फैलाउने, औद्योगिक तथा व्यावसायिक वातावरण खल्बलाउने र लगानीमैत्री वातावरणमा प्रतिकूल असर पार्ने चेम्बरको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २६ गते १४:२५
प्रदर्शनकारीको आगजनीबाट क्षति पुगेका हिल्टन होटल, भाटभाटेनी र मारवाडी सदन सेवा ।

२६ भदौ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हालै देशभरि भएको आन्दोलन क्रममा जनधनमा भएको ठूलो क्षतिप्रति दु:ख व्यक्त गरेको छ ।

आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै चेम्बरले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

आन्दोलन क्रममा औद्योगिक र व्यावसायिक क्षेत्रमा गम्भीर क्षति भएको उल्लेख गर्दै चेम्बरले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा सम्वाद, सहकार्य र संयमता अपनाउन सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।

भ्रष्टाचार निवारण, सुशासन कायम, राज्य संयन्त्रको पारदर्शिता, रोजगारी सिर्जना र सरकारी सेवामा नागरिकको सहज पहुँचजस्ता जेनजीले उठाएका विषयलाई सबै सरोकारवालाले गम्भीरतापूर्वक लिनुपर्ने आजको आवश्यकता रहेको देखिएको चेम्बरले औँल्याएको छ ।

आन्दोलनमा भएको जनधनको ठूलो क्षतिले देशमा थप निराशा फैलाउने, औद्योगिक तथा व्यावसायिक वातावरण खल्बलाउने र लगानीमैत्री वातावरणमा प्रतिकूल असर पार्ने भएकाले सबै सरोकारवाला पक्ष संयमित बनेर निकास खोज्नुपर्नेमा चेम्बरले जोड दिएको छ ।

आगामी दिनमा यस्ता खाले घटना दोहोरिन नदिन सरोकारवाला पक्ष र जेनजी युवालाई संवाद र रचनात्मक सहकार्य मार्फत दीर्घकालीन समाधान खोज्न चेम्बरले आह्वान गरेको छ । साथै, मुलुकको समग्र विकासमा सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा समेत चेम्बरले व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?