
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पर्यटन बोर्डले निजी क्षेत्रसँगको समन्वयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटलसम्म सटल बस सेवा सञ्चालन गरेको छ।
- सटल बस सेवा तीन रुटमा सञ्चालन हुँदैछ, जसमा विमानस्थल–सुन्धारा–दरबारमार्ग–ठमेल–होटल शंकर र अन्य समावेश छन्।
- नेपाली सेना र अध्यागमन विभागसँग समन्वय गरी आन्तरिक तथा अन्तर्राष्ट्रिय यात्रुका लागि सेवा उपलब्ध गराइएको बोर्डले जनाएको छ।
२६ भदौ, काठमाडौं । नेपाल आउने पर्यटक र नेपालबाट विदेशिने यात्रु लक्षित गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटलसम्म ‘सटल बस’ सेवा सञ्चालन गरिएको छ ।
निजी क्षेत्रसँगको समन्वयमा नेपाल पर्यटन बोर्डले यस्तो बस सेवा उपलब्ध गराएको हो । बोर्डका अनुसार विभिन्न तीन रुटमा यस्तो बसले सेवा दिइरहेको छ ।
पहिलो रुट विमानस्थल–सुन्धारा–दरबारमार्ग–होटल याक एन्ड यती–ठमेल–लैनचौर–होटल शंकर–एम्बासडर होटल–विमानस्थल तोकिएको छ ।
दोस्रो रुट विमानस्थल–गौशाला–भगवतीबहाल–होटल हिल्टन–होटल मेरिअट–दरबारमार्ग–होटल र्याडिसन–होटल सांग्रिला–नारायण गोपाल चोक–होटल ह्यात रिजेन्सी–चाबहिल चोक–द्वारिकाज होटल–विमानस्थल हुने गरी तोकिएको छ ।
त्यस्तै तेस्रो रुट विमानस्थल–तीनकुने–होटल एभरेस्ट–माइतीघर–होटल हिमालया–होटल सोल्टी–होटल ग्रान्ड–विमानस्थल हुँदै तोकिएको बोर्डले जनाएको छ ।
यस्ता बसमा विमानस्थल जानुपर्ने र फर्कने आन्तरिक यात्रुले समेत सेवा लिन सक्ने बोर्डले जनाएको छ । यस कार्यमा नेपाली सेना र अध्यागमन विभागसँग समेत समन्वय गरिएको बोर्डको भनाइ छ । आजबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान नियमित भएका छन् ।
प्रतिक्रिया 4