+
+
Shares

टेनएक्स क्लबले चौथो ‘एनिभर्सरी’ मनाउँदै

विगतका वार्षिकोत्सव जस्तै गरेर यस वर्ष पनि भव्य र सभ्य बनाइएको क्लबका सीईओ पौरख मर्दन बस्न्यातले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते १०:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ठमेलस्थित नाइट क्लब टेन एक्सले असोज ३० गते आफ्नो चौथो वार्षिकोत्सव मनाएको छ।
  • वार्षिकोत्सवमा दि जेनसीस ब्याण्ड, स्पाइसी एन्जल्स र अन्तर्राष्ट्रिय डिजे समर्नले प्रस्तुती दिएका थिए।
  • क्लबका सीईओ पौरख मर्दन बस्न्यातले क्लबमा ५० भन्दा बढी कर्मचारी कार्यरत रहेको जानकारी दिनुभयो।

३० असोज, काठमाडौं। क्लब टेन एक्सले चौथो एनिभर्सरी मनाउने भएको छ । असोज ३० गते बिहीबार ( अक्टोबर १६) ठमेलमा रहेको नाइट क्लब टेन एक्सले चौथो एनिभर्सरी मनाउने भएको हो।

वार्षिकोत्सवमा विभिन्न सांगीतिक समूह तथा कलाकारले आफ्नो प्रस्तुती दिने भएका छन् । दि जेनसीस ब्याण्ड,स्पाइसी एन्जल्सको प्रस्तुती र अन्तर्राष्ट्रिय डिजे समर्न, डिजे रह्न र डिजे नानीको समेत प्रस्तुती रहने छ ।

विगतका वार्षिकोत्सव जस्तै गरेर यस वर्ष पनि भव्य र सभ्य बनाउने गरी तयारी गरिरहेको क्लबका सीईओ पौरख मर्दन बस्न्यातले जानकारी दिए । चार वर्षअघि ठमेलको जिस्ट्रिटमा सञ्चालनमा आएको क्लब टेनएक्सले ‘स्टेट अफ द आर्ट क्लबिङ’को प्रस्तुती दिदैँ आएको छ।

‘ तीन वर्षको अवधिमा हामीले पार्टीको चाहना राख्नेहरूको इच्छा पूरा गर्दै आएका छौँ,’क्लबका सीईओ बस्न्यात भन्छन् । उनका अनुसार क्लबमा ५० भन्दा बढी कर्मचारी कार्यरत छन्।

क्लब टेन एक्समा नेपालका चर्चित डिजे तथा गायक-गायिकाले प्रस्तुति दिएका थिए । गायक अनिल सिंह, कालीप्रसाद बास्कोटा र एकदेव लिम्बू जस्ता थुप्रै नेपालका कलाकारले आफ्नो प्रस्तुती दिइ सकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?