
News Summary
Generated by OK AI. Editorially reviewed.- २६ वटा कारागारबाट १२ हजार ८१७ र बाल सुधार गृहबाट ९६२ गरी १३ हजार ७७९ कैदीबन्दी फरार भएका थिए।
- कारागार व्यवस्थापन विभागका निर्देशक चामेन्द्र न्यौपानेले ११ हजार ४६१ कैदीबन्दी अझै फरार नै रहेको बताए।
- २४ भदौमा जेनजीको आन्दोलन उग्र भएपछि कारागार तोडफोड र आगजनी हुँदै कैदीहरू फरार भएका थिए।
२७ भदौ, काठमाडौं । साढे ११ हजार कैदीबन्दी अझै फरार भएका छन् ।
देशभरका २६ वटा कारागारबाट भागेकामध्ये केही कैदीबन्दी कारागार फर्किए पनि अझै ११ हजार ४६१ कैदीबन्दी फरार नै रहेको कारागार व्यवस्थापन विभागका निर्देशक चामेन्द्र न्यौपानेले बताए ।
२६ कारागारबाट १२ हजार ८१७ र बाल सुधार गृहबाट ९६२ गरी १३ हजार ७७९ कैदीबन्दी फरार भएका थिए । ति मध्ये पक्राउ र आफैं फर्कनेको संख्या २ हजार ३१८ रहेको न्यौपानेले बताए ।
जेनजीको आन्दोलन उग्र बनेपछि २४ भदौमा कारागार तोडफोड र आगजनी गर्दै कैदीहरू फरार भएका थिए । सन तस्करका नाइके चुडामणि उप्रेती ‘गोरे’देखि अपहरणकारीका नाइके भारतीय नागरिक उदय सेट्टीसम्म फरार भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4