+
+
Shares

जलिरहेको धरानको भाटभटेनीमा भेटियो चार जनाको शव

मंगलबार अराजक समूहले लगाएको आगो अझै निभेको छैन। शुक्रबार दिउँसो दोस्रो तल्लामा एउटा र तेस्रो तल्लामा तीन जनाको शव भेटिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २७ गते १७:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धरानस्थित भाटभटेनी सुपरमार्केटको आगलागीमा चारजनाको जलेको अवस्थामा शव फेला परेको छ।
  • इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुले शवको पहिचान खुलेको छैन भने मृतक लुटपाटमा फसेको आशंका गरिएको बताउनुभयो।
  • मंगलबार राति भएको तोडफोड र लुटपाटका क्रममा केही व्यक्ति भाटभटेनीभित्र फसेको हल्ला चलेको थियो र मृतकको पहिचान गर्ने प्रयास भइरहेको छ।

२७ भदौं, विराटनगर। जेनजीको आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको भाटभटेनी सुपरमार्केटको धरान शाखामा चारजनाको शव फेला परेको छ ।

मंगलबार अराजक समूहले लगाएको आगो अझै निभेको छैन। शुक्रबार दिउँसो दोस्रो तल्लामा एउटा र तेस्रो तल्लामा तीन जनाको शव भेटिएको हो ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुका अनुसार जलेको अवस्थामा भेटिएको शवको पहिचान खुलेको छैन ।

उनका अनुसार भेटिएको शव आगलागी भएको भाटभटेनीमा लुटपाट गर्न गएकाहरुको रहेको आशंका छ।

शव पूर्णरूपमा जलेका कारण लिंग छुट्टिएको छैन ।

मंगलबार राति तोडफोड र लुटपाटको क्रममा भाटभटेनीभित्र केही व्यक्ती फसेको हल्ला चलेको थियो।

मृतकको पहिचान गर्ने प्रयास भइरहेको जबेगुले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?