+

एसियन कप छनोट : नेपालले भियतनामसँगको ‘होम म्याच’ उसैको मैदानमा खेल्ने

२०८२ भदौ  २७ गते २०:४८ २०८२ भदौ २७ गते २०:४८
एसियन कप छनोट : नेपालले भियतनामसँगको ‘होम म्याच’ उसैको मैदानमा खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले एएफसी एसियन कप छनोट अन्तर्गत भियतनामसँगको घरेलु खेल भियतनामकै मैदानमा खेल्ने भएको छ ।
  • नेपाल र भियतनामबीच अक्टोबर १४ मा होचि मिन्ह सिटीस्थित थोङ न्हात स्टेडियममा खेल हुनेछ ।
  • नेपालले अक्टोबर ९ मा भियतनामसँग बिन दुंग रंगशालामा अवे खेल खेल्नेछ ।

२७ भदौ, काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत घरेलु मैदानमा तय भएको भियतनामसँगको ‘होम म्याच’ नेपालले भियतनामै मैदानमा खेल्ने भएको छ ।

समूह एफमा रहेको नेपालले भियतनाम विरुद्ध अर्को महिना अक्टोबर १४ मा घरेलु मैदान दशरथ रंगशालमा खेल्ने तय थियो ।

तर दशरथ रंगशालमा अयोग्य भएपछि एएफसीले नयाँ न्युट्रल मैदान खोज्न एन्फालाई भनेको थियो ।

नेपाल र भियतनामबीचको होम र अवे खेल तालिका नजिकै रहेकोले नेपालले भियतनामसँग उसैको मैदानमा खेल्ने भएको हो ।

एसियाली फुटबल महासंघ (एएफसी) ले पनि नेपालको दुवै खेल भियतनामा हुने पुष्टी गरेको छ । एएफसीका अनुसार नेपाल र भियतनामबीच अक्टोबर १४ मा हुने खेल होचि मिन्ह सिटीस्थित थोङ न्हात स्टेडियममा हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसबारे आधिकारिक निर्णाय सार्वजनिक नगरेपनि एन्फा स्रोतले भने भियतनाममै गएर खेल्ने निर्णय भएको जानकारी दिएको छ ।

त्यसअघि नेपालले भियतानाम विरुद्ध अक्टोबर ९ मा बिन दुंग रंगशालामा ‘अवे’ खेल खेल्नेछ ।

यसअघि एसियन कप छनोटको दोस्रो चरणमा बहराइन विरुद्ध पनि नेपालले होम र अवे दुवै खेल बहराइनमै गएर खेलेको थियो ।

नेपालको घरेलु मैदान लगातार अयोग्य बनिरहँदा नेपालले एसियन कप छनोट, विश्वकप छनोटका खेलहरु घरेलु मैदानमा खेल्न पाएको छैन । तर नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल भने गत शनिवार दशरथ रंगशालामै भएको थियो ।

एसियन कप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय