+
+
Shares

नयाँ सरकार गठनअघि यस्तो छ शीतलनिवासको चहलपहल (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ भदौ २७ गते २०:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नयाँ सरकार गठनको सहमति जुटेसँगै राष्ट्रपति कार्यालय शीतलनिवासमा मन्त्रिपरिषद् बैठकको तयारी भइरहेको छ।
  • उपराष्ट्रपति रामसहाय प्रसाद यादव, मुख्यसचिव एकनारायण, सरकारी उच्च पदस्थ कर्मचारी र कूटनीतिक नियोगका प्रतिनिधिहरू शीतलनिवास पुगेका छन्।
  • प्रधानसेनापतिको उपस्थितिमा आन्दोलनरत जेनजी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र राष्ट्रपति टिमका प्रतिनिधि बीच छलफल टुंगिएको छ।

२६ भदौ, काठमाडौं । नयाँ सरकार गठनको सहमति जुटेसँगै राष्ट्रपति कार्यालय शीतलनिवासमा चहलपहल बढेको छ ।

राष्ट्रपति भवनमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, मुख्यसचिव एकनारायण, सरकारी उच्च पदस्थ कर्मचारी, जेनजीका प्रतिनिधिहरू तथा कूटनीतिक नियोगका प्रतिनिधिहरू पुगेका छन् ।

सरकार गठन, मन्त्रिपरिषद् बैठकको तयारी भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।

साथै नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख पनि शीतलनिवास पुगेका छन् ।

शपथअघि नियुक्तिपत्रको मस्यौदा, शपथ ग्रहण र त्यसलगत्तै पहिलो मन्त्रिपरिषद्ले गर्ने निर्णयको मस्यौदाको गृहकार्य भइरहेको छ ।

सानो मन्त्रिमण्डलको तयारी भए पनि अहिलेसम्म सदस्यहरूका नाम भने गोप्य राखिएको छ ।

प्रधानसेनापतिको उपस्थितिमा आन्दोलनरत जेनजी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की एवं राष्ट्रपति रामचन्द्र र उनको टिमका प्रतिनिधि बीचको छलफल केहीबेरअघि टुंगिएको हो ।

शीतलनिवास बाहिर भने सञ्‍चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ ।

हेर्नुहोस् तस्वीरहरू :

 

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?