
News Summary
Generated by OK AI. Editorially reviewed.- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले २७ भदौ, राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको शपथ लिएकी छन्।
- राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीलाई शपथ गराएका थिए र कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादव र प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतमात्रै मञ्चमा थिए।
- सभामुख, उपसभामुख र प्रमुख विपक्षी दलका नेता मञ्चमा थिएनन् भने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनका श्रीमान् दुर्गा सुवेदी दर्शकदीर्घामा उपस्थित थिए।
२७ भदौ, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालय, शितल निवासमा पद तथा गोपनियताको शपथ लिएकी छन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराएका थिए ।
शपथग्रहण कार्यक्रममा राष्ट्रपति पौडल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतमात्रै मञ्चमा थिए ।
सभामुख, उपसभामुख एवं प्रमुख विपक्षी दलका नेता मञ्चमा थिएनन् ।
दर्शकदीर्घाको अघिल्लो पङ्तीमा कार्कीका श्रीमान् दुर्गा सुवेदी, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मुख्यसचिव, प्रधानसेनापति कुटनीतिक नियोगका प्रमुखहरु लगायतका व्यक्ति उपस्थित थिए ।
शपथ ग्रहणपछि प्रधानमन्त्री कार्कीले शपथको व्यहोरा लेखिएको पत्रमा हस्ताक्षर गरेकी थिइन् । त्यसपछि उनका पति दुर्गा सुवेदी समेत अगाडि गएर फोटो खिचाएपछि शपथ सकिएको थियो ।
प्रतिक्रिया 4