
२८ भदौ, हेटौंडा । जेनजीहरूको आन्दोलनपछि मकवानपुरमा २६ भदौ बिहीबारदेखि लगाइएको निषेधाज्ञा र कर्फ्यु हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज बिहान १० बजेपछि निषेधाज्ञा र कर्फ्यु हटाइएको जानकारी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले मुलुकमा पछिल्लो समय विकसित घटनाक्रम र असहव परिस्थिति सामान्यीकरण हुँदै गएपछि निषेधाज्ञा र कर्फ्यु हटाइएको जनाएकी छन् ।
जेनजीहरूको आन्दोलनको क्रममा २४ भदौमा हेटौंडाका सरकारी र निजी सम्पतिमाथि तोडफोड र आगजनी भएको थियो ।
बागमती प्रदेश सरकारका मन्त्रालय, हेटौंडा उपमहानगरपालिका कार्यालय, राजनीतिक दलका नेता र जनप्रतिनिधिहरूको घरमा प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका थिए । प्रदर्शनले उग्र रूप लिएपछि प्रजिअ श्रेष्ठले मकवानपुरमा कर्फ्यु जारी गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4