+
+
Shares

काभ्रेको भकुण्डेबेसीबाट स्रोत नखुलेको नगद र गहनासहित एकजना पक्राउ

कपिल कोइराला कपिल कोइराला
२०८२ भदौ २८ गते १५:२४

२७ भदौ काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्द नगरपालिका २ भकुण्डेबेसीबाट स्रोत नखुलेको नगद र गहनासहित एकजना पक्राउ परेका छन्।

काठमाडौंबाट सिरहा जाँदै गरेको बा प्र १-००६ ख ९१७३ नम्बरको इभी गाडीमा सिरहा जाँदै गरेका गमरिया नगरपालिका-२ बस्ने २८ वर्षीय नरेशकुमार यादवको झोला खानतलासी गर्ने क्रममा ३ लाख ५० हजार ३ सय नगद र १२ लाख २६ हजार बराबरको सुनका गहना बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार भकुण्डेबेसीमा चेक जाँचको क्रममा यादवको झोलाबाट छड्के तिलहरी एक थान (७५ लाल : मुल्य एक लाख एकसठ्ठी हजार आठ सय अठासी ), मङ्गलसुत्र एक थान ( १२.६ लाल: मूल्य दुई लाख उनन्साठी हजार एक्काइस रुपैयाँ), बेरुवा औंठी एक थान ( ६३.३ लाल मुल्य: तिन लाख तिन हजार नौ सय उनासी रुपैयाँ ), सिक्री तीन थान ( २.३२ तोला मुल्य : पाँच लाख एक हजार दुई सय पाँच रुपैयाँ) गरि १२ लाख २६ हजार बराबरको सुनका गहना बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिए ।

सोमबार र मङ्गलबार काठमाडौँमा भएको जेनजी आन्दोलनको क्रममा विभिन्न लुटपाट भएका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेले सक्कली कागजातसहित कोही कसैको चोरी भएको भए सम्पर्क गर्नको लागि अनुरोध गरेको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?