+
+
Shares

बारबरा फाउन्डेशनको खण्डन- ‘हामी नेपाल’सँग कोभिड महामारीबाहेक अन्य सम्बन्ध छैन

सामाजिक सञ्जालमा भाइरल भिडियो, जसमा हामी नेपालले ‘हामी सबै कुरा सन्दुक रुइतलाई सोधेर उहाँको निर्देशनमा गछौं’ भनिएको छ, त्यसबारे पनि फाउन्डेशनका सन्दुक रुइतले खण्डन गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २९ गते १५:१६
बारबरा फाउन्डेशनले आइतबार आयोजना गरेको पत्रकार सम्मेलन (तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बारबरा फाउन्डेशनले हामी नेपाल संस्थासँग कोभिड महामारीको समयमा सहकार्य गरेको तर कुनै आर्थिक सम्बन्ध नरहेको स्पष्ट पारेको छ।
  • फाउन्डेशनले आफूमाथि लगाइएका आरोपलाई अनर्गल प्रचार भन्दै खण्डन गरेको छ।
  • सन्दुक रुइतले पुरानो कोभिड समयको भिडियो भाइरल भएको र अहिले हामी नेपाल संस्थासँग कुनै सम्बन्ध नरहेको बताए।

२९ भदौ, काठमाडौं । बारबरा फाउन्डेशनले ‘हामी नेपाल’ नामक संस्थासँग कोभिड महामारीको समयमा सहकार्य गरेको भए पनि कुनै आर्थिक सम्बन्ध नरहेको स्पष्ट पारेको छ ।

फाउन्डेशनले आफ्नो नाम जोडेर भ्रामक प्रचार भएको भन्दै आपत्ति जनाएको हो ।

आइतबार पत्रकार सम्मेलन गर्दै फाउन्डेशनले हामी नेपालसँग कोभिड महामारीको समयमा सहकार्य भएको, तर सो संस्था वा यसका पदाधिकारीसँग कुनै आर्थिक सम्बन्ध नभएको जनाएको हो ।

फाउन्डेशनले पछिल्लो राजनीतिक अवस्थाका कारण आफूमाथि लगाइएका आरोपलाई ‘अनर्गल प्रचार’ भन्दै खण्डन गरेको छ ।

गैरनाफामूलक सामाजिक संस्था बारबरा फाउन्डेशनको स्थापना अमेरिकी नागरिक बारबरा एडम्सको नाममा गरिएको थियो । उनले आफ्नो सम्पूर्ण सम्पत्ति फाउन्डेशनलाई दान गरेको र नेपाली नागरिककै रूपमा यहीँ देहत्याग गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसबाहेक फाउन्डेशनले खोजपत्रकारिता पुरस्कार, वातावरण, संस्कृति, र सम्पदा संरक्षणका लागि फेलोसिप, तथा टक सेरिज सञ्चालन गर्दै आएको छ ।

फाउन्डेशनले जनाएअनुसार हालसम्म बारबरा एडम्सको सम्पत्तिबाट २ करोड ८८ लाख र नेपाली दाताहरूबाट कुल ७ करोड ८२ लाख प्राप्त गरेको छ । संस्थाको वार्षिक बजेट ५० लाख रहेको र ८ वर्षमा ३ करोड ६४ लाख खर्च भएको छ । हाल ३ करोड ९५ लाख बैंक मौज्दात रहेको फाउन्डेसनले जनाएको छ ।

त्यस्तै, सामाजिक सञ्जालमा भाइरल भिडियो, जसमा हामी नेपालले ‘हामी सबै कुरा सन्दुक रुइतलाई सोधेर उहाँको निर्देशनमा गछौं’ भनिएको छ, त्यसबारे पनि फाउन्डेशनका सन्दुक रुइतले खण्डन गरेका छन् ।

‘त्यो कोभिडको समयको भिडियो हो । त्यसबेला हामीले सहयोग गरेका थियौं । अहिले त्यही पुरानो भिडियो फैलाइएको हो । अहिले त्यो संस्थासँग कुनै सम्बन्ध छैन । कुनै बेला म सुधन गुरुङको मेन्टरचाहिँ हुँ,’ रुइतले पत्रकार सम्मेलनमा भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?