+
+
Shares

जेनजी आन्दोलनमा लुटेराले फालेको ५ लाख युवकले प्रहरीलाई बुझाए

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २९ गते १५:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नयाँ बानेश्वरस्थित वाणिज्य बैंक लुट्ने समूहले फालेको ५ लाख रुपैयाँ सुरेश देउलाले जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएका छन्।
  • सुरेश देउलाले बैंक लुट्ने बेला भिडियो खिचेका थिए।
  • लुटेरा समूहले त्यो देखेपछि पैसाको बिटो फालेको प्रहरी प्रवक्ता चक्रराज जोशीले बताए।
  • बैंक लुट्ने पाँच जनालाई सेनाले पक्राउ गरेको छ।

२९ भदौ, काठमाडौं । जेनजी आन्दोलनको क्रममा नयँ बानेश्वरस्थित वाणिज्य बैंक लुट्ने समूहले फालेको ५ लाख रुपैयाँ एक युवकले प्रहरीलाई बुझाएका छन् ।

ललितपुर घर भएका सुरेश देउलाले ५ लाख १० लाख ५ सय रुपैयाँ जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएका हुन् ।

परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीका अनुसार देउलाले बैंक लुटेको बेला भिडियो खिचेका थिए । लुटेरा समूहले त्यो देखेपछि ‘तैंले यही खोजेको हो, ला !’ भन्दै पैसाको बिटो फालेका थिए ।

अहिले त्यही रकम आफू बुझाएको देउलाले प्रहरीसमक्ष बताएका छन् । योे बैंक लुट्ने पाँच जनालाई सेनाले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?