News Summary
Generated by OK AI. Editorially reviewed.- यूएईमा जारी एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई ७ विकेटले हराउँदै सुपर फोरमा लगभग स्थान पक्का गरेको छ।
- पाकिस्तानले दिएको १२८ रनको लक्ष्य भारतले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो।
- कप्तान सूर्यकुमार यादवले सर्वाधिक अविजित ४७ रन बनाए भने सायम अयुबले पाकिस्तानका तीन विकेट लिएका थिए।
३० भदौ, काठमाडौं । यूएईमा जारी एसिया कप क्रिकेटमा भारतले पाकिस्तानमाथि सहज जित निकाल्दै सुपर फोरमा लगभग स्थान पक्का गरेको छ ।
आइतबार राति भएको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको हो । पाकिस्तानले दिएको १२८ रनको लक्ष्य भारतले १५.५ ओभरमा केवल ३ विकेटको क्षतिमा पूरा गरेको हो ।
कप्तान सूर्यकुमार यादवले सर्वाधिक अविजित ४७ रन बनाए भने ओपनर अभिषेक शर्मा र तिलक वर्माले समान ३१ रन बनाए । शुभमन गिल र शिवम दुवेले समान १० रन बनाए ।
पाकिस्तानका लागि तीनवटै विकेट सायम अयुबले लिएका थिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १२७ रन बनाएको थियो । भारतको कसिलो बलिङसामू पाकिस्तान कुनैपनि बेला खेलमा पकड जमाउन सकेन ।
शाहिबजादा फरहानले सर्वाधिक ४० रन बनाए । शाहीन अफ्रिदी ३३ रनमा अविजित रहे । फखार जमानले १७ रन बनाए ।
प्रतिक्रिया 4