+
+
Shares

युनिभर्सल पावरको लाभांश घोषणा, हकप्रद सेयर पनि जारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३० गते १३:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युनिभर्सल पावरले गत आर्थिक वर्षको नाफाबाट ९ प्रतिशत बोनस सेयर र ०.४७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
  • कम्पनीले असोज २३ गते वार्षिक साधारणसभा आह्वान गरी असोज ८ गते बुक क्लोज मिति तय गरेको छ।
  • युनिभर्सल पावरले माथिल्लो छुजुङखोला जलविद्युत् आयोजनामा ७०.४४ प्रतिशत लगानी गर्ने निर्णय गरेको छ।

३० भदौ, काठमाडौं । युनिभर्सल पावरले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट ९ प्रतिशत बोनस सेयर घोषणा गरेको हो।

साथै कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीले असोज २३ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । साथै कम्पनीले असोज ८ गते बुक क्लोजको मिति तय गरेको छ । असोज ७ गतेसम्म कायम सेयरधनीले यो लाभांश पाउने छन् ।

साथै कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो हकप्रद सेयर निष्कासनका लागि विद्युत् नियमन आयोगबाट स्वीकृति लिई आगामी साधारणसभामा पेश गरिने कम्पनीको भनाइ छ ।

कम्पनीले ह्वाइट फ्लावर इनर्जीद्वारा प्रवद्र्धित संखुवासभा जिल्लाको भोटखोला गाउँपालिकामा अवस्थित ४०.७ मेगावाट क्षमताको माथिल्लो छुजुङखोला जलविद्युत् आयोजनामा ७०.४४ प्रतिशत लगानी गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?