
३० भदौ, काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।
प्रधानन्याधीश प्रकाशमानसिंह राउतले सोमबार आयोजित एक कार्यक्रममा बराललाई शपथ ग्रहण गराएका हुन् ।
शपथग्रहण कार्यक्रममा न्यायाधीश सपना प्रधान मल्ल लगायतको उपस्थिति थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भण्डारीलाई आइतबार महान्यायाधिवक्ता नियुक्त गरेका थिए ।
मुलुकले महिला महान्यायाधिवक्तामा पाएको यो पहिलोपटक हो ।
जेनजी युवाको आन्दोलनले राजनीतिक उथलपुथल ल्याएपछि केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नियुक्त भएका तत्कालीन महान्यायाधिवक्ता रमेश बडालले भदौ २९ गते राजीनामा दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4