+
+
Shares

सुन र चाँदीको मूल्यमा रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३१ गते १०:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनको भाउ ३१ भदाैमा प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनभन्दा १ हजार ९ सय रुपैयाँले बढेको हो।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको नयाँ रेकर्ड भाउ तोकेको छ, जुन गत शुक्रबारको २ लाख १५ हजार ८ सय रुपैयाँभन्दा बढी हो।
  • चाँदीको भाउ पनि नयाँ रेकर्डमा पुगेको छ र प्रतितोला २ हजार ५९५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनभन्दा २० रुपैयाँले बढेको हो।

३१ भदाै, काठमाडौं । सुनको भाउमा मंगलबार फेरि नयाँ रेकर्ड बनेको छ ।

अघिल्लो दिनको तुलनामा सुन तोलामा १ हजार ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत शुक्रबार हालसम्मकै उच्च २ लाख १५ हजार ८ सय रुपैयाँको रेकर्ड बनेको थियो ।

चाँदीको भाउमा पनि नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेसँगै चाँदी तोलामा २ हजार ५९५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?