 
																			३१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी मुख्यालय पेरिसडाँडा सरसफाइमा जुटेका छन् । यही २४ भदौमा भएको प्रदर्शनका क्रममा माओवादी केन्द्रको मुख्यालयमा समेत आगजनी भएको थियो ।
आगजनीपछि मंगलबार प्रचण्ड पार्टी मुख्यालय अवलोकनमा पुगेका हुन् । त्यस क्रममा उनी नेता/कार्यकर्तासँगै सरसफाइमा समेत सरिक भएका हुन् ।
सरसफाइमा सरिक हुनु अगाडि उनले भवनमा के कति क्षति भएको छ भनेर अवलोकन गरेका थिए । त्यस क्रममा उनले धेरै ठूलो क्षति भएको बताए । त्यसका बाबजुद पुस्तकालय, पार्टी बैठकका माइन्युट, कम्युटर र केही रेकर्डहरू बचेको बताए । यो बचाउन भूमिका खेलेका कार्यालयमा कार्यरत कर्मचारीहरूलाई उनले धन्यवाद दिए ।
अब फेरि कार्यकर्ताको साथ लिएर नयाँ र भव्य पार्टी कार्यालय बनाउनेसमेत अध्यक्ष प्रचण्डले बताएका छन् ।
मंगलबार पेरिडाँडामा प्रचण्ड पुग्दा नेता/कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । नेता/कार्यकर्ता सरसफाइमा थिए । प्रचण्ड पनि त्यसमै मिसिएका हुन् ।
यसअघि माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि पेरिसडाँडा पुगेर पार्टी कार्यालय अवलोकन गरेका थिए । त्यस क्रममा नेता श्रेष्ठले झाडु लगाएका थिए ।
 
  
 
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                Insert%20Rename%20Macros.jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4