 
																			३१ भदौ, विराटनगर । जेनजी आन्दोलनका क्रममा अराजक समूहले भवनमा आगजनी गरेपछि इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठक खुला चौरमा बसेको छ ।
२३ र २४ भदौमा आगजनी र तोडफोड हुँदा भवनमा क्षति पुगेको थियो । मंगलबार उपमहानगरपालिकाको प्रांगणमा कार्यपालिका बैठक बसेको हो ।
बैठकले उपमहानगरको कार्यालय ४ असोजदेखि कार्यालय सुचारु गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत मिनबहादुर भट्टराईले जानकारी दिए ।
बैठकले पालिकाको कार्यालयमा भएको क्षतिको विवरण संकलन गर्ने निर्णय गरेको उनले बताए ।
जेनजी प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्ने र घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्ने निर्णय पनि गरेको छ ।
२३ भदौमा इटहरी उपमहानगरपालिकामा अराजक समूहले आगजनी गरेको थियो । प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                Insert%20Rename%20Macros.jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4