+
+
Shares

तनहुँबाट धनुषा जाँदै थिए ट्रक दुर्घटनामा परेको नेपाली सेनाको टोली

३ जनाकाे अवस्था गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३१ गते १७:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हेटौंडा र बाराको सीमा क्षेत्र चुरियामाईमा नेपाली सेना बोकेको ट्रक पुलबाट करिब १५ मिटर तल खसेको छ।
  • दुर्घटनामा २२ जना सैनिक सवार ट्रकबाट १६ जना घाइते भएका छन् र ३ जनाको अवस्था गम्भीर छ।
  • गम्भीर घाइतेहरूको परिचय खुलिसकेको छैन र उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।

३१ भदौ, हेटौंडा । हेटौंडा र  बाराको सीमा क्षेत्र चुरियामाईमा मंगलबार दिउँसो दुर्घटनामा परेको नेपाली सेना बोकेको ट्रक २ नम्बर राजदल गण तनुहँबाट धनुषा जाँदै गरेको खुलेको छ ।

२२ जना सैनिक सवार सेनाको आफ्नै ट्रक हेटौंडा उपमहानगरपालिका(१५ र सिमरा उपमहानगरपालिका-२२ मा पर्ने चुरियामाईको पूर्व-पश्चिम राजमार्गअन्तर्गत पुलबाट करिब १५ मिटर तल खसेको थियो ।

दुर्घटनामा परी १६ जना घाइते भएको र जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनीहरूको हेटौंडा अस्पतालमा उपचार भईरहेको छ ।

गम्भीर घाईतेहरूको हालसम्म परिचय खुलिसकेको छैन । उपसेनानी हर्ष बिक्रम अधिकारीको कमाण्डमा जाँदै गरेको को ४ वटा नेपाली सेनाको ट्रक मध्ये लु १ ग २८० नम्बरको ट्रक दुर्घटनामा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?