+
+
Shares

जेनजी प्रदर्शनमा ज्यान गुमाएका ६ जनाको शव सम्बन्धित जिल्लामा पठाइयो

नेपाली सेनाको हवाईद्वारा सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्लाहरूमा पठाइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३१ गते १७:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी प्रदर्शनमा मृत्यु भएका ६ जनाको शव नेपाली सेनाको विमानमार्फत विभिन्न जिल्लामा पठाइएको छ।
  • सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गर्ने र असोज १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
  • भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको प्रदर्शन हिंसात्मक हुँदा ७२ जनाको मृत्यु भएको छ।

३१ भदौ, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका ६ जनाको शव विभिन्न जिल्लाहरूमा पठाइएको छ । नेपाली सेनाको विमानमार्फत आज विभिन्न जिल्लामा शवहरू पठाइएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाको हवाईद्वारा सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्लाहरूमा पठाइएको हो ।

आजै केहीको अन्तिम संस्कार पशुपतिको आर्यघाटमा गरिएको थियो ।

सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरुप असोज १ गते सार्वजनिक बिदा दिने लगायतका निर्णय गरेको थियो ।

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दा ७२ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?