+
+
Shares

कांग्रेस पुनर्गठनबारे प्रदीप पौडेलको प्रस्ताव : सबैले पद छोडौं, संयोजक तोकेर चुनावमा जाऔं

अहिले कै नेतृत्वबाट कांग्रेस अब अघि नबढ्ने भएकाले पुनर्गठनका लागि नयाँ ढंगले जानुपर्ने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३१ गते २०:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कांग्रेस नेता प्रदीप पौडेलले पार्टी पुनर्गठनका लागि सबैले पद छोडेर संयोजन तोकेर जानुपर्ने प्रस्ताव गरेका छन्।
  • पौडेलले महाधिवेशन नहुँदा सम्म पार्टीको संयोजक तोकेर पुनर्गठन गर्नुपर्ने र यथास्थितिको नेतृत्वमा पार्टी अघि बढ्न नसक्ने बताए।
  • महामन्त्री गगन थापाले पनि पार्टी पुनर्गठनका लागि आफ्नो पद त्याग्न तयार रहेको धारणा व्यक्त गरेका छन्।

३१ भदौ, काठमाडौं । कांग्रेस नेता प्रदीप पौडेलले पार्टी पुनर्गठन गर्ने हो भने सबैले पद छोडेर संयोजन तोकेर जानुपर्ने प्रस्ताव गरेका छन् ।

अहिले कै नेतृत्वबाट कांग्रेस अब अघि नबढ्ने भएकाले पुनर्गठनका लागि अब नयाँ ढंगले अघि बढ्नुपर्ने बताए ।

यो विषयमा आफूले पार्टीका अन्य नेताहरूसँग पनि छलफल गरिरहेको पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।

‘अब महाधिवेशन नहुँदा सम्म पार्टीको संयोजक तोकेर पार्टी पुनर्गठन गर्नुपर्छ । यथास्थितिको नेतृत्वमा अब पार्टी अघि बढ्न सक्दैन,’ उनले भने,’ यसका लागि सबैले पदबाट राजीनामा गरेर एउटा नेतालाई संयोजन तोक्ने र सबै सदस्य भएर काम गर्नुपर्छ ।’

६ महिनाभित्र चुनावमा जानुपर्ने भएकाले अहिले महाधिवेशन गर्न समेत समस्या हुने भएकाले अब नेतृत्वको विषयमा निर्णयमा पुगेर अघि बढ्नुपर्ने बताए ।

परिवर्तनलाई आत्मसात् गर्दै अघि नबढ्दा कांग्रेस माथि उठ्न नसक्ने उनले बताए ।

कांग्रेसभित्र महामन्त्री गगन थापाले पनि सोमबार पार्टी पुनर्गठनका लागि आफू महामन्त्री पद त्याग्न तयार रहेको धारणा अघि सारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?