+
+
Shares

परवानीपुर सवस्टेसनको प्यानलमा सर्टसर्किट हुँदा बारा र पर्सामा विद्युत् ठप्प

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २ गते २०:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाराको परवानीपुर सवस्टेसनमा बुधबार दिउँसो लागेको आगोले विद्युत् आपूर्ति बन्द भएको छ।
  • प्यानलमा सर्टसर्किटका कारण आगो लागेर वीरगञ्ज, सिमरा लगायतका क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या आएको छ।
  • नेपाल विद्युत् प्राधिकरणले समस्या समाधानमा काम गरिरहेको र कम्तीमा १५ दिन लाग्ने बताएको छ।

२ असोज, पर्सा । बाराको परवानीपुर सवस्टेसनमा बुधबार दिउँसो लागेको आगोका कारण यसक्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ । औद्योगिक तथा व्यापारिक नगरी बारा-पर्सामा ११ केभिए क्षमताको सवस्टेसनमा आगलागी हुँदा सेवा बन्द भएको हो ।

परवानीपुरस्थित ११ केभिए क्षमताको सवस्टेसनमा लागेको आगोका कारण ‘प्यानल’ जलेर विद्युत् आपूर्ति प्रणालीमा क्षति हुँदा विद्युत् प्रवाह रोकिएको हो ।

प्यानलमा सर्टसर्किटका कारण आगलागी हुँदा वीरगञ्ज, सिमरा, कृषि, गण्डक, डाबर, नारायणी, हिमाल, परवानीपुर, जगदम्बा, वीरगञ्ज, नितनपुर, चोर्नी र भलुही फिडरबाट वितरित विद्युत् आपूर्तिमा समस्या देखिएको थियो ।

बुधबार वीरगञ्जबाट गएको वरुणयन्त्र, स्थानीय प्रहरी र सर्वसाधारणको सहयोगमा आगो नियन्त्रणमा लिइएको नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुवेले जानकारी दिए । उनका अनुसार विद्युत् सेवा पुनः नियमित सञ्चालनमा ल्याउन तत्काल प्राविधिक समस्या भइरहेको छ ।

‘बुधबार रातभर काम गरेर आज विद्युत् सञ्चालनमा ल्याएका थियौं । बिहान ९ः३० बजेपछि पुनः समस्या आएर विद्युत् आपूर्ति ठप्प जस्तै भएको छ’, उनले भने, ‘वीरगञ्ज र बाराको पिलुवास्थित सवस्टेसनमा रहेको ब्रेकरको बुस पड्किएर थप विद्युत आपूर्तिमा समस्या आएको छ ।’

वीरगञ्ज वितरण केन्द्रका प्रमुख दुवेले परवानीपुरको सवस्टेसनमा आगो लागेपनि सो ठाउँमा पनि वीरगञ्जबाट विद्युत् पठाउन पर्दा क्षमताले धान्न नसकेको बताए । उनले भने, ‘अहिले वीरगञ्जको सवस्टेसनबाट परवानीपुरमा विद्युत् पठाउनुपर्ने बाध्यता छ ।’

प्रमुख दुवेले ११ केभिएबाट सञ्चालन हुने सबै उद्योगधन्दामा विद्युत् प्रवाह गर्न नसकिएको उल्लेख गरे । ‘यो अहिले देखिएको समस्या समाधानका लागि कम्तीमा १५ दिन लाग्ने देखिन्छ । हाम्रोतर्फबाट काम भइरहेको छ ।’ पिलुवास्थित सवस्टेसनको ब्रेकर बुस मर्मतसम्भार गरेर बिजुली उपलब्ध गराउन थालिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?