+
+
Shares

घनश्याम भूसालको प्रस्ताव : प्रतिक्रान्तिबाट जोगिन नीति र नेतृत्वको पुनर्गठन गरौं

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २ गते २१:०५

२ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले मुलुकलाई प्रतिक्रान्तिकारी खतराहरूबाट जोगाउन पार्टीहरूको नीति र नेतृत्व पुनर्गठन आवश्यक रहेको प्रस्ताव राखेका छन् ।

पार्टी सचिवालयको बैठकमा भूसालले जेनजी विद्रोहको पृष्ठभूमिबारे लामो व्याख्या गरेका छन् । युवाहरूको आवाजलाई हेप्ने र दबाउँदै भ्रष्टाचारका काण्डहरू नरोकिनुको परिणाम जेनजी विद्रोह भएको उनको निष्कर्ष छ । दलका नेताहरूले गल्तीलाई निरन्तरता दिइरहने र ‘पुराना पार्टी, पुराना नेता’ विरुद्धको अभियान चल्दै जाँदा यो विनाश निम्तन पुगेको उनले आफ्नो प्रस्तावमा लेखेका छन् ।

जेनजी विद्रोहको कारणबारे घटनाक्रमहरू समेटेर भूसालले समाधानमा पुनर्गठनको प्रस्ताव गरेका छन् । ‘…मुलुकको रुपान्तरणकारी नीति–कार्यकक्रमका आधारमा राजनीतिलाई अगाडि बढाउन र मुलुकलाई प्रतिक्रान्तिकारी खतराहरूबाट बचाउनका लागि आजको पहिलो शर्त अहिलेका पार्टीहरूको जण्ड पुनर्गठन हो,’ उनले लेखेका छन्, ‘नीति र नेतृत्वको पुनर्गठन हो । नेता र पार्टीहरूले समयको पदचाप सुन्न र बुझ्न नसक्दा राष्ट्रहरूले ठूलठूला धक्काहरू खाएका छन् । हामी आफै पनि त्यसका भुक्तभोगी हौं ।’

सबै पार्टीहरू पुनर्गठन नगरी जनतामा जान संभव नरहेको पनि उनको ठम्याइ छ । ‘हाम्रा सबै पार्टीले आज वा भोलि पुनर्गठन नगरिकन जनतामा जान किमार्थ संभव छैन । यस विषयमा पार्टीब्यापी छलफल चलाउन तयार होऔं,’ उनको प्रस्ताव छ, ‘यो मुख्य विषयलाई गलैचामुनि राखेर अरु विषयालाई अगाडि राख्न थाल्यौं भने दुनियाँले हामीलाई दुत्कार्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?