News Summary
Generated by OK AI. Editorially reviewed.- साफ महिला क्लब च्याम्पियनसिप आगामी डिसेम्बर ५ देखि २० सम्म नेपालमा हुने भएको छ।
- प्रतियोगितामा बंगलादेश, भुटान, भारत, नेपाल र पाकिस्तानका पाँच देशका क्लबहरू सहभागी हुनेछन्।
- प्रतियोगिताको रंगशाला भने अहिलेसम्म तोकिएको छैन।
१० जेठ, काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिप आगामी डिसेम्बरमा हुने भएको छ ।
यसअघि गत जेठमा साफ कंग्रेसबाट नोभेम्बरमा गर्ने तय भएपनि साफले मिति डिसेम्बरलाई तोकेको हो ।
प्रतियोगिता डिसेम्बर ५ देखि २० सम्म नेपालमा हुनेछ। रंगशाला भने तोकिएको छैन । प्रतियोगितामा दक्षिण एसियाका पाँच देशका क्लबहरू सहभागी हुनेछन्।
भाग लिने टोलीहरूमा बंगलादेशको नस्रिन स्पोर्ट्स एकेडेमी, भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी, भारतको इस्ट बंगाल एफसी, नेपालको एपीएफ फुटबल क्लब र पाकिस्तानको कराची फुटबल क्लब रहेका छन्।
प्रतिक्रिया 4