+
+
Shares

धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुने काम पक्कै गर्छौं : सञ्चारमन्त्री खरेल

‘स्वतन्त्र बनियो भने, कुनै नेताको गोटी बन्न परेन भने, नेपालको ब्युरोक्रेसीले काम गर्न पायो भने हाम्रा हरेक कर्मचारी दख्खल राख्छन् । लोकसेवा त्यतिकै पास गरेको हुँदैन,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते १७:१७

६ असोज, काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले आफ्नो कार्यकालमा खरानी र धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुनेगरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले नेपालको कर्मचारीतन्त्रलाई विश्वास गर्नसकिने देख्न रहर भएको बतँए ।

‘खरानी र धुलो टकटक्याउँदै अब हामी जनतालाई अनुभूत हुनेगरी केही पक्कै गर्छौं । यो सरकारमा रहेका हामी जति पनि मन्त्रीहरू छौं, हामीले देश पहिला, जनता पहिला अनिमात्रै अरु कुरा आउँछ । देश र जनता बनाउने कुरामा अघि बढ्छौं,’ खरेलले भने ।

कर्मचारीतन्त्र स्वतन्त्र भएको खण्डमा धेरै काम गर्न सकिने उनको भनाइ थियो ।

‘स्वतन्त्र बनियो भने, कुनै नेताको गोटी बन्न परेन भने, नेपालको ब्युरोक्रेसीले काम गर्न पायो भने हाम्रा हरेक कर्मचारी दख्खल राख्छन् । लोकसेवा त्यतिकै पास गरेको हुँदैन,’ उनले भने ।

एउटा मन्त्री मात्रै भएर काम गर्न नसकिने भन्दै उनले कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने बतँए ।

‘सचिवज्यू तपाईंको मन्त्रालयका सबै कर्मचारी अनुभवी हुनुहुन्छ । काम अघि बढाउनुस् । मन्त्रीको तर्फबाट एक ठाउँमा पनि हस्तक्षेप हुँदैन । म तपाईंबाट सिक्छु,’ उनले भने, ‘म मेरो देशको ब्युरोक्रेसीलाई विश्वास गर्न चाहन्छु । मलाई विश्वास छ होइन, विश्वास गर्न चाहन्छु । म हस्तक्षेप गर्दिनँ यो मेरो प्रतिबद्धता हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?