+
+
Shares

भू-उपयोग नियमावली संशोधन गर्ने भूमिमन्त्री सिन्हाको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ७ गते १४:३४

७ असोज, काठमाडौं । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले भू—उपयोग (दोस्रो संशोधन) नियमावलीलाई संशोधन गर्ने निर्णय गरेका छन् ।

मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले यस्तो निर्णय लिएका हुन् ।

भू—उपयोग नियमावली बाधक बन्दा विद्युत् लाइन विस्तार र अन्य विकास निर्माणका काममा समेत बाधा पुगेको भन्दै उनले यस्तो निर्णय गरिएको बताए । उनले भू—उपयोग नियमावलीका कारण कित्ताकाट रोकिएको भन्दै उक्त निर्णय गरेको पनि बताए ।

‘मैले पहिलो निर्णयको रुपमा भू—उपयोग (दोस्रो संशोधन) नियमावली, २०८१ लाई लाई संशोधन गर्ने भनेर प्रक्रिया अगाडि बढाएका छौं । अहिले कित्ताकाटहरू रोकिएका छन्,’ उनले भने, ‘कित्ताकाट रोकिएको कारण विद्युतका ट्रान्समिसन लाइन र अन्य विकास निर्माणका काम पनि रोकिएको अवस्था छ । त्यो समस्याहरू हटाउनको लागि नियमावलीको आवश्यकता देखिएको कारणले संशोधन गर्न गइरहेका छौँ ।’

उनले सहकारी क्षेत्रमा रहेका समस्याहरु समाधान गर्न आफू लागिपर्ने पनि उनले बताए ।

‘स्थानीय तहलाई दिइएका अधिकारहरु पनि विभिन्न कारणले रोकिएका छन् । केन्द्रिकृत शासन प्रणालीलाई विकेन्द्रिकृत गरेर स्थानीय तहलाई जवाफदेही बनाउने खालको निर्णय भू—उपयोगसम्बन्धमा गरेका छौं,’ उनले भने ।

मन्त्री सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् । १७ साउन २०७३ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका उनी ६५ वर्षे उमेर हदका कारण १४ कात्तिक २०८० मा निवृत्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?