News Summary
Generated by OK AI. Editorially reviewed.- झापा महिला गोल्डकपको विजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएका छन्।
- गोल्डकप आयोजक समितिले पुरस्कार राशी सार्वजनिक गरेको छ।
- प्रतियोगिता कात्तिक १५ देखि २२ गतेसम्म झापामा हुँदैछ।
७ असोज, काठमाडौं । झापा महिला गोल्डकपको विजेताले १० लाख पुरस्कार प्राप्त गर्ने भएको छ । बुधबार एक कार्यक्रमकाबीच गोल्डकप आयोजक समितिले पुरस्कार राशी सार्वजनिक गरेको हो ।
झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता अर्को महिना कात्तिक १५ गतेदेखि २२ गतेसम्म झापामा हुँदैछ ।
महिला फुटबल गोल्डकपमा यो नेपालकै अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि भएको आयोजकले जनाएको छ ।
यस्तै उपविजेताले नगद पाँच लाख रुपैयाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4