
८ असोज, काठमाडौं । दुई थान पेस्तोलसहित दुई जना कैलालीबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा कैलालीको गौरीगंगा नगरपालिका–१ का १९ वर्षीय समिर खड्का र १९ वर्षीय आभाष चन्द रहेका छन् । उनीहरूलाई गौरीगंगा–१ बाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय मालाखेती र इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले समिरलाई पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली २८ राउण्ड तथा आभाषलाई पेस्तोल १ थान सहित पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4