+
+
Shares

जेनजी आन्दोलनले युलेन्सको १ अर्ब २५ करोड क्षति

युलेन्स एजुकेसन फाउन्डेसनले विज्ञप्ति निकालेर खुमलटारस्थित विद्यालयका ५ वटा भवन, बाँसबारीस्थित विद्यालयमा ३ वटा भवन र काभ्रेको नालास्थित विद्यालयको आउटडोर लर्निङ सेन्टरमा तोडफोड, लुटपाट र आगजनी भएको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते १९:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनमा तोडफोड र आगजनी हुँदा युलेन्स स्कुललाई १ अर्ब २५ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
  • युलेन्स एजुकेसन फाउन्डेसनले खुमलटार, बाँसबारी र काभ्रेका विद्यालयका भवनहरूमा तोडफोड, लुटपाट र आगजनी भएको जनाएको छ।
  • आगजनीबाट विद्यालयका ८३ वटा गाडी ध्वस्त भएका छन् र १ हजार ४६१ विद्यार्थीको भविष्यमाथि असर परेको फाउन्डेसनले बताएको छ।

८ असोज, काठमाडौं। जेनजी आन्दोलनमा तोडफोड र आगजनी हुँदा युलेन्स स्कुलको १ अर्ब २५ करोडको क्षति भएको छ ।

युलेन्स एजुकेसन फाउन्डेसनले विज्ञप्ति निकालेर खुमलटारस्थित विद्यालयका ५ वटा भवन, बाँसबारीस्थित विद्यालयमा ३ वटा भवन र काभ्रेको नालास्थित विद्यालयको आउटडोर लर्निङ सेन्टरमा तोडफोड, लुटपाट र आगजनी भएको जनाएको छ ।

आगजनीबाट विद्यालयका ८३ वटा गाडी ध्वस्त भएको छ। ‘विद्यालयका सबै एसी, कम्प्युटर, फ्रिज, स्मार्ट बोर्ड, फर्निचर या त जलाइएका छन् या लुटिएका छन्।

विद्यार्थीका सबै घटनावृत्त तथा सञ्चित अभिलेखलाई पूर्ण रूपमा खरानी बनाइएको छ,’ विज्ञप्तिमा भनिएको छ।

विद्यालयको १ अर्ब २५ करोड रुपैयाँ बराबरको भौतिक एवं मानसिक र सामाजिक प्रतिष्ठाको क्षति भएको फाउन्डेसनले जनाएको छ। १ हजार ४६१ विद्यार्थीको भविष्यमाथि असर परेको फाउन्डेसनले भनेको छ।

५०० भन्दा बढी कर्मचारीको रोजगारीमा प्रत्यक्ष असर गरेको पुगेको छ। ‘विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक, विस्तारित युलेन्स समुदाय, बोर्ड अफ ट्रस्टी, व्यवस्थापन समिति सबैको संवेगात्मक, भावनात्मक र मनोवैज्ञानिक आघातको कुनै लेखाजोखा छैन,’ विज्ञप्तिमा भनिएको छ।

विगत २४ वर्षदेखि ज्ञानशाला खरानीमा बदलिएको र शून्यमा झरेको फाउन्डेसनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?