+
+
Shares

निर्वाचन आयोगको बैठक बस्दै, मतदाता नामावली संकलन खुलाइँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते ११:१६

९ असोज, काठमाडौं । निर्वाचन आयोगको बैठक बस्दैछ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आजको बैठकबाट मतदाता नामावली संकलन खुलाउने निर्णय हुनेछ ।

सरकारले बुधबार मतदाता नामावली खुलाउने गरी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश अनुसार मतदाता नामावली संकलन खुलाउने बारे निर्णय लिन आयोगको बैठक आज दिउँसो बस्दैछ ।

आयोगको तयारी अनुसार कातिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने र अन्तिम नामावली सार्वजनिक गर्ने गरी आयोगले तयारी गरेको छ ।

आयोगका अनुसार अनलाइनबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिनेछ । कसले कहाँबाट कहिलेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने भनेर आयोगले  कार्यविधि बनाएको छ । यसलाई पास गरेर कार्यान्वयन गर्ने तयारी आयोगको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?