+
+
Shares

माछाको मूल्य घट्यो, किलोको कति ?

कालीमाटी बजारमा बेच्न राखिएका माछाको जात अनुसार मूल्य पनि फरक–फरक छ । आज रहु माछा र छडी माछाको मूल्य घटेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १० गते १२:११

१० असोज, काठमाडौं । बजारमा ताजा माछाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार शुक्रबार माछाको मूल्य घटेको देखिएको हो ।

कालीमाटी बजारमा रहु, बचुवा र छडी गरी तीन प्रकारका माछा पाइन्छन् । कालीमाटी बजारमा बेच्न राखिएका माछाको जात अनुसार मूल्य पनि फरक–फरक छ । आज रहु माछा र छडी माछाको मूल्य घटेको छ ।

आज शुक्रबार कालीमाटी बजारमा रहु माछाको औसत मूल्य प्रतिकिलो ३ सय ३० रुपैयाँ तोकिएको छ । हिजो बिहीबार रहु माछा प्रतिकिलो ३ सय ३५ रुपैयाँमा किनबेच भएको थियो । हिजोको तुलनामा आज रहु माछाको भाउ प्रतिकिलो ५ रुपैयाँ कम हो ।

यस्तै आज छडी माछा पनि प्रतिकिलो १० रुपैयाँ घटेको छ । हिजो बिहीबार प्रतिकिलो २ सय ३० रुपैयाँमा किनबेच भएको छडी माछा आज २ सय २० रुपैयाँमा किनबेच भइरहेको छ ।

बचुवा माछाको मूल्य भने स्थिर छ । बचुवा माछा प्रतिकिलो २ सय ७० रुपैयाँमा किनबेच भइरहेको समितिको तथ्यांकले देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?