+
+
Shares

कृषि रियालिटी शो ‘र’ को ट्रेलर सार्वजनिक, राजेश हमाल बने महाहोस्ट

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १० गते १२:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि गेम रियालिटी शो ’र’ को ट्रेलर सार्वजनिक भएको छ जसमा अभिनेता राजेश हमाल महाहोस्ट रहेका छन्।
  • शोले कृषि, उद्यमशीलता र जलवायु परिवर्तनलाई मनोरञ्जनात्मक ढङ्गले प्रस्तुत गर्ने उद्देश्य राखेको छ।
  • दशैं र तिहारको बीचदेखि हिमालय टेलिभिजन र ओएसआर युट्युब च्यानलबाट ’र’ प्रसारण हुने आयोजकले बताएका छन्।

काठमाडौं । कृषि गेम रियालिटी शो ’र’ (रिभोलुस्नरी एग्रीकल्चर वार) को ट्रेलर सार्वजनिक भएको छ ।

अभिनेता राजेश हमाल ‘महाहोस्ट’ रहेको यो शोको मुख्य उद्देश्य कृषि, उद्यमशीलता र जलवायु परिवर्तन छ ।

किसान तथा कृषि प्राविधिक गरी दुई किसिमका प्रतिस्पर्धी रहेको यस शोले कृषि क्षेत्रलाई मनोरञ्जनात्मक ढङ्गले प्रस्तुत गर्ने जनाइएको छ ।

कार्यक्रमले दर्शकलाई कृषि कर्मको महत्व, चुनौती र सम्भावनाबारे जानकारी दिँदै मनोरञ्जन प्रदान गर्नेछ ।

शोका परिकल्पनाकार तथा निर्देशक शैलेश कँडेल क्षेत्रीका अनुसार अर्थतन्त्रमा टेवा पुर्‍याउने, कृषि क्षेत्रको समयानुकूल विकास गर्न, कृषकलाई प्रोत्साहन मिल्ने र युवालाई कृषि पेशातर्फ आकर्षित गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

कृषिकर्मीलाई सशक्त बनाउँदै कृषि कर्मलाई सम्मानित पेशाको रुपमा प्रस्तुत गर्नु कार्यक्रमको उद्देश्य रहेको जनाइएको छ ।

दशैं र तिहारको बीचदेखि हिमालय टेलिभिजन तथा ओएसआर रियालिटी युट्युब च्यानलबाट ’शो’ प्रसारण हुने आयोजकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?