+
+
Shares

दाङमा कुलोले बगाएर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १० गते १२:४१

१० असोज, काठमाडौं । दाङमा कुलोले बगाएर एक जनाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपलिका-१३ सेवार वनगाउँ बस्ने ७६ वर्षीय सन्तु गिरीको मृत्यु भएको हो ऽ

गिरीलाई बिहीबार बेलुका बाहुन डाँडा कुलोले बगाएको थियो ।

कुलोले बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीको टोली उनको खोजीमा जुटेको थियो । खोजीको क्रममा उनको शव वनगाउँ चोक नजिकै कुलोमा फेला परेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?