+
+
Shares

पाँचजना पूर्वप्रधानसेनापतिसँग सेनाले गर्‍यो समसामयिक विषयमा छलफल

नेपाली सेनाको हेडक्वार्टरमा सेनाले पाँच जना पूर्वप्रधानसेनापतिहरू प्रज्वलशमशेर राणा, प्यारजङ्ग थापा, गौरवशमशेर राणा, पूर्णचन्द्र थापा र प्रभूराम शर्मासँग असोजको पहिलो हप्ता छलफल गरेको सेनाका प्रवक्ता एवं सहायका रथी राजाराम बस्‍नेतले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १० गते २०:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली सेनाले १० असोज, काठमाडौंमा पाँच जना पूर्व प्रधानसेनापतिसँग समसामयिक विषयमा छलफल गरेको छ।
  • छलफल नेपाली सेनाको हेडक्वार्टरमा भएको र वर्तमान राजनीतिका घटनाक्रमबारे भएको सेनाको जनसम्पर्क कार्यालयले जनाएको छ।

१० असोज, काठमाडौं। नेपाली सेनाले ५ जना पुर्व प्रधानसेनापतिसँग समसामयिक विषयमा छलफल गरेको छ ।

नेपाली सेनाको हेडक्वार्टरमा सेनाले पाँच जना पूर्वप्रधानसेनापतिहरू प्रज्वलशमशेर राणा, प्यारजङ्ग थापा, गौरवशमशेर राणा, पूर्णचन्द्र थापा र प्रभूराम शर्मासँग असोजको पहिलो हप्ता छलफल गरेको सेनाका प्रवक्ता एवं सहायका रथी राजाराम बस्‍नेतले जानकारी दिए ।

छलफलमा अहिलेको वर्तमान राजनीतिमा विकसित घटनाक्रमबारे कुराकानी भएको सेनाको जनसम्पर्क कार्यालयले जनाएको छ ।

यसअघि तत्कालीन केपी ओली नेतृत्वको सरकारले गरेको सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी युवाहरुले भदौ २३ र २४ गते गरेको प्रदर्शनमा जनधनको क्षति भएपछि नेपाली सेनाले सुरक्षा कमाण्ड हातमा लिएको थियो ।

साथै प्रधानसेनापति सिग्देलको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्याधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन गरेका छन् ।

हालको संसद विघटन समेत भएको छ र अब ताजा जनादेशका लागि आगामी फागुन २१ गते मध्यावधि निर्वाचन हुनेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?