+
+
Shares

प्रकाश दूतराजले ल्याए म्युजिकल फिल्म ‘छैन र माया’

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १० गते २०:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लोकगायक तथा अभिनेता प्रकाश दुतराजले दशैंको अवसरमा 'छैन र माया' बोलको नयाँ गीत सार्वजनिक गर्नुभएको छ।
  • गीतमा प्रकाश दुतराज र मेलिना राईको युगल स्वर रहेको छ र प्रकाशले शब्द तथा संगीत सिर्जना गर्नुभएको हो।
  • गीतको भिडियो मुस्ताङ जिल्लाको तेताङ गाउँमा खिचिएको छ र प्रकाश दुतराज तथा अञ्जली जिसीले अभिनय गर्नुभएको छ।

काठमाडौं । दशैंको अवसरमा चर्चित लोकगायक तथा अभिनेता प्रकाश दुतराजले नयाँ गीत सार्वजनिक गरेका छन् ।

उनले सार्वजनिक गरेको ’छैन र माया’ बोलको गीतमा प्रकाश र मेलिना राईको युगल स्वर छ ।

दूतराजले पछिल्लो पटक आफ्ना गीतमा लगातार मेलिनासँग सहकार्य गरिरहेका छन् । उनीहरूको यसअघिको सहकार्यमा रहेका ’जुन माया’, ’रिमै’, ’रेशम’, ’राम साइँली’ गरी सबै गीत हिट छन् ।

‘छैन र माया’ गीतको शब्द तथा संगीत प्रकाशकै हो । यसमा कृष्ण केसीले संगीत संयोजन गरेका छन् । प्रेमकथा बोकेको गीतको भिडियो मुस्ताङ जिल्लाको तेताङ गाउँमा खिचिएको हो । सुन्दर दृश्यमा खिचिएको भिडियोमा प्रकाश र अञ्जली जिसीको अभिनय छ ।

मुकेश नेपालीको नृत्य निर्देशन, अनिल के. मानन्धरको छायांकन रहेको भिडियोलाई नवीन घर्ती मगरले निर्देशन र सम्पादन गरेका हुन् ।

कर्णप्रिय गीतको भिडियो पनि उत्तिकै आकर्षक लाग्छ । यो गीत सार्वजनिक भएसँगै श्रोता तथा दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?