
News Summary
Generated by OK AI. Editorially reviewed.- इटालीको नेपल्समा सान गाउदियोसो भूमिगत समाधिस्थलमा १७औँ शताब्दीका धनाढ्यहरूको खोपडी वरिपरि चित्रहरू छन्।
- यी चित्रहरू जोभान्नी बाल्दुच्चीले बनाएका थिए र सान्ता मारिया डेला सनिता चर्चमुनि ३० मिटर लामो सुरुङमा छन्।
- २००६ मा युवाहरूले क्याटाकम्ब संरक्षण गर्दै पर्यटकका लागि खोलिदिएपछि यो स्थान विश्वसामु परिचित भएको हो।
इटालीको नेपल्समा सान गाउदियोसो नामको भूमिगत समाधिस्थल छ । त्यहाँ धेरै पुराना र अनौठा भित्तेचित्रहरू छन् । जुन १७औँ शताब्दीका धनाढ्यहरूको खोपडी वरिपरि कोरिएका हुन् ।
यसकारण पनि यसलाई संसारकै डरलाग्दो मध्येको एक आर्ट ग्यालरी मानिएको छ । भलै यो ग्यालरी नै भने होइन ।
यी चित्रहरू जोभान्नी बाल्दुच्ची नामका इटालियन चित्रकारले बनाएका थिए । उनी पहिले चर्च र भवनमा चित्र बनाउने गर्थे । तर पछि यहाँ मृतकहरूको खोपडी वरिपरि चित्र बनाउन थाले ।
उनले बनाएका यी चित्रहरू सान्ता मारिया डेला सनिता नामको चर्चमुनि करिब ३० मिटर लामो सुरुङमा छन् । यो ठाउँमा धेरै वर्षसम्म आम नागरिकलाई प्रवेश दिइएको थिएन ।
२००६ मा त्यहाँका युवाहरूले यी क्याटाकम्ब (सामान्य बुझाइमा कङ्काल)हरू संरक्षण गर्दै पर्यटकका लागि खोलिदिए । त्यसयता यो ठाउँ विश्वसामु परिचित भएको हो ।
यसमा भएका चित्रहरू निकै डर लाग्दा छन् । कतै राजकुमारीको चित्र छ । तर टाउको र अनुहार छैन । कतै न्यायाधीशको कंकाल देखिन्छ । तर समयसँगै अनुहार हराएका छन् । खोपडीमा पनि धुलो लागेको छ ।
एकअर्थमा यो स्थानले ‘मृत्युपछि सबै बराबरी’ भन्ने कुरा देखाउँछ । यहाँ धनी-गरिब सबैको अवस्था एउटै छ भन्ने बुझाउन खोजिएको छ।
इतिहास
यो ठाउँ करिब ई.पू. चौंथो शताब्दीमा ढुंगा निकाल्ने खानीको रूपमा थियो । पछि रोमको नियमअनुसार शहर बाहिर मृतकलाई गाडिनुपर्ने हुँदा यो ठूलो समाधिस्थल बन्यो ।
पाँचौँ शताब्दीमा यहाँ उत्तर अफ्रिकाका बिशप सान गाउदियोसोको लाशलाई गाडिदिएको थियो ।
नवौँ शताब्दीमा गएको ठूलो पहिरोले यो स्थान पुरियो ।१६औँ शताब्दीमा फेरि पहिरोको माटो हटाइएयो । त्यसक्रममा धेरै अघिका केही चित्रहरू भेटियो । त्यसपछि यहाँ नयाँ चर्च बनाइयो ।
त्यसबेला चर्च बनाउन धनाढ्यहरूले पैसा दिन्थे । अनि त्यसको बदलामा उनीहरूको शव विशेष तरिकाले राखिन्थ्यो । त्यसका लागि
मृत शरीबाट सबै तरल पदार्थ निकालिन्थ्यो । र, सुकेपछि हड्डी सफा गरेर राखिन्थ्यो ।
खास व्यक्ति भए तिनको खोपडीलाई पर्खालमा ठसाएर वरिपरि सुन्दर चित्र बनाइन्थ्यो । टाउकोमा आत्मा बस्ने विश्वासका कारण त्यसरी चित्र बनाइने गरिन्थ्यो ।
यसरी आज यो समाधिस्थल अद्भुत सांस्कृतिक स्मारक बनेको छ ।
प्रतिक्रिया 4