+
+
Shares

अर्थमन्त्रीसँग ईयू र यूरोपेली मुलुकका राजदूतको संयुक्त भेट

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १२ गते १७:२५

१२ असोज, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालसँग यूरोपेली यूनियन र विभिन्न यूरोपेली मुलुकका राजदूतहरूले संयुक्त रुपमा भेटेका छन् ।

नेपालका लागि यूरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जो, नेपालका लागि जर्मनीका राजदूत उदो युजेन भोल्ज, नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहाक्का तथा नेपालका लागि फ्रान्स गणतन्त्रका राजदूतावासका प्रतिनिधिले अर्थमन्त्रीसँग संयुक्त भेट गरेका हुन् ।

भेटमा अर्थमन्त्री खनालले यूरोपियन यूनियन,  फ्रान्स, जर्मनी र फिनल्याण्डले नेपालको विकास प्रक्रियामा विगत लामो समयदेखि पुर्याउदै आएको साथ र सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

छलफलका क्रममा युरोपियन युनियनले सार्वजनिक वित्त ब्यवस्थापन, सार्वजनिक खरिद, मानव श्रोत विकास लगायतका क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको बताए । फ्रान्स, जर्मनी र फिनल्याण्डले स्वास्थ, पर्यटन, उर्जा, राजस्व लगायतका क्षेत्रमा गरेको सहयोगको चर्चा गरे ।

भेटमा यूरोपियन यूनियन, जर्मनी र फिनल्याण्डका राजदूतहरूले नेपालमा हालै भएको राजनीतिक परिवर्तन पश्चात समेत नेपाल सरकारसँग सहकार्य गर्न सधै तयार रहेको उल्लेख गरे ।

साथै अर्थमन्त्री खनाल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा. ड्यानिली म्यू बीचसमेत भेटघाट गरेका छन् । भेटमा अर्थमन्त्री रामेश्वर प्रसाद खनालले स्वीट्जरल्याण्ड नेपालको असल मित्र भएको र नेपालको आर्थिक विकासमा उल्लेख्य योगदान पुर्याउदै आएकोमा धन्यवाद ब्यक्त गरे ।

मन्त्री खनालले नेपाल र स्वीट्जरल्याण्डबीच समान प्रकृतिको भौगोलिक अवस्थिति रहेको बताउँदै सार्वजनिक वित्त व्यवस्थापन, व्यवसायिक तालिम, प्रादेशिक तथा स्थानीय सुशासन, क्षमता विकास लगायतका क्षेत्रमा स्वीट्जरल्याण्ड सरकारको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?