+
+
Shares

सरकारसँग वार्ता गर्न जेनजी वार्ता टोली घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १२ गते १८:५४

१२ असोज, काठमाडौं । जेनजीका केही युवा प्रतिनिधिहरूले सरकारसँग वार्ता गर्ने भन्दै वार्ता टोली घोषणा गरेका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीलगायत सरकारीका प्रतिनिधिसँग वार्ता गरी आफूहरूको माग सम्बोधन गराउने उद्देश्यले सो वार्ता टोली गठन गरिएको जानकारी गराएको हो ।

वार्ता टोलीमा पुरुषोतम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लू गुप्ता, किशोरी कार्की, टिकाराम लिम्बू, योग्यता भण्डारी, जेम्स कार्की, काशी महम्मद मियार, अर्पित कुमार साथै दिपकजंग अधिकारी र अभिशेक श्रेष्ठ रहेको जनाइएको छ ।

अब थप ४ जना भने सहिद र घाइते परिवारबाट प्रतिनिधित्व गराउने वार्ता टोलीका सदस्य प्रवेश दाहालले जानकारी दिए ।

‘यो विषय परिस्थितिलाई ध्यानमा राखेर आज हामीले आधिकारिक वार्ता टोली १२ सदस्यीय फिक्स भइसकेको छ । अब ४ जना शहीद परिवार र घाइते परिवारबाट लिएर नाम घोषणा गर्छौं । अहिलेको विषय परिस्थितिलाई न्याय गर्न र राष्ट्रपतिसँग वार्ता गर्न भनेर यो टोली गठन गरेका हौं । वार्ता टोलीले राष्ट्रपतिसँग सम्झौता गर्नेछ,’ दाहालले भने ।

पत्रकार सम्मेलनमा उनीहरूले आफूहरूको सुरक्षा गर्न सरकारसँग माग गरेका छन् । त्यसैगरी मुलुकलाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था गर्नुपर्ने लगायतको आफूहरूको माग रहेको पनि बताएका छन् ।

‘हामीले जसरी भएपनि वार्ता गर्नुपर्ने र आन्दोलनको वास्तविकता बुझाउनुपर्ने भएकाले हामी यसरी अघि बढिरहेका छौं । र, ती घाइते परिवार र सहिद परिवारलाई सम्झनुपर्ने हुन्छ । यहाँ कुनैपनि राजनीतिक दल, व्यक्ति विशेष वा हामी कोहीबाट परिचालित छैनौं । हामी जेनजीहरू एक छौं, एकजुट हुनेछौं,’ दाहालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?