+
+
Shares

जिन्दगी ‘एक भागको कथा’

लक्ष्मी बर्देवा लक्ष्मी बर्देवा
२०८२ असोज १३ गते १३:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जीवनका अप्रत्यासित घटनाले डर लाग्छ, तर उतारचढावहरू ऋतु जस्तै पूर्वनिर्धारित छन् भन्ने महसुस हुन्छ।
  • उमेरसँगै महत्वका परिवर्तनले वितृष्णा कि मोह भन्ने द्विविधामा पुर्‍याउँछ।
  • सपना पूरा भएपछि सफलता मिल्छ कि सफलता पछि सपना पूरा हुन्छ भन्ने प्रश्नले जीवनको उद्देश्यबारे सोच्न बाध्य पार्छ।

दिन बिग्रिएपछि राशि हेरिन्छ कि,

राशि हेरेपछि दिन बिग्रिन्छ ?

सपना पूरा भएपछि सफल भइन्छ कि,

सफल भएपछि सपना पूरा हुन्छ ?

यस्ता कैयौँ प्रश्न को चाङ छ अहिले मसँग !

त्यही प्रश्नहरू नै फेरि आफैँ उत्तर पनि भैदिन्छ्न् !

कहिलेकाहीँ कथा एक भागको भैदिन्छ ,

खुसी जस्तै !!

क्रमश: होस चाहन्छु समाप्त भैदिन्छ !

अप्रत्यासित कुराहरू बाट डराउँछु म !

जीवनमा क्रमैसँग चलिरहेको उतारचढावसँग भन्दा !

किनकि तिनीहरू अप्रत्यासित हैन पूर्वनिर्धारित छन्,

ऋतु जस्तै !

उद्देश्य पुग्नु नै हो तर पुगेर भेटिने गन्तव्य के त ?

उमेरसँगै फेरिँदै गएका महत्वहरूलाई म के ठानुँ ?

हिजो के-के न लाग्ने कुरा आज केही न केही किन लागिरहेछ यसलाई वितृष्णा ठानुँ कि मोह !

मोह आफ्नै आत्मशान्तिको ? म पुगेँ ?

कहाँ पुग्छु भनेर हिँडेको थिएँ त्यहाँ ?

कि ब्यूँझियो भ्रम र पुग्नै कतै छैन !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?