+
+
Shares

पर्वत कारागारमा फर्किएनन् सहकारी ठगी र जबरजस्ती करणीका कैदी

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १४ गते ९:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला कारागार पर्वतले फरार भएका आठ कैदीबन्दीलाई एक साता भित्र फर्किन भनेको छ।
  • कारागार प्रशासनले फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन गरी सूचना निकालेर आग्रह गरेको छ।
  • फरार कैदीबन्दीलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

१४ असोज, काठमाडौं । जिल्ला कारागार पर्वतले फरार भएका कैदीबन्दीलाई एक साता भित्र फर्किन भनेको छ ।

कारागार प्रशासनले फरार बन्दी खोजी तथा पक्राउ कार्यदल नै गठन गरेको छ । उक्त कार्यदलले सूचना निकालेर यस्तो आग्रह गरेको हो । एक साताभित्र नफर्किए आश्रय दिनेलाई समेत कारबाही हुने चेतावनी दिइएको छ ।

गत भदौ २४ गते जेनजीको प्रदर्शनका क्रममा कैदीबन्दी भागेका थिए । भागेका मध्ये आठ जना अझै नफिर्किएको सूचनामा उल्लेख छ ।

सूचनामा उल्लेख भएअनुसार जवरजस्ती करणी सम्बन्धी कसुरका दोषी चार जना रहेका छन् । कर्तव्य ज्यानसम्बन्धी कैदी एक जना र सहकारी सम्बन्धी थुनुवा चार जना रहेका छन् ।

समयमै नफर्किए फरार कैदीबन्दीहरूलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसूरदार ठानी प्रचलित कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?