
News Summary
Generated by OK AI. Editorially reviewed.- रामेछाप–लुक्ला हवाई उडान शरद ऋतुमा पर्यटकका लागि सुरु भएको छ।
- नागरिक उड्डयन प्राधिकरणले दैनिक ५० देखि ६५ उडान भइरहेको जानकारी दिएको छ।
- काठमाडौंबाट सडकमार्ग हुँदै मन्थली र त्यहाँबाट लुक्ला जाने सेवा विभिन्न कम्पनीले दिइरहेका छन्।
१४ असोज, रामेछाप । रामेछाप–लुक्ला हवाई उडान सुरु भएको छ ।
शरद ऋतुमा सगरमाथा आरोहण र आधार शिविर जाने पर्यटकहरूका लागि लक्षित हवाई उडान सुरु गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
विभिन्न कम्पनीहरूले काठमाडौंबाट सडकमार्ग हुँदै मन्थलीसम्म पर्यटक ल्याउने र यहाँबाट हवाई उडानमार्फत् लुक्ला लैजाने गरेका छन् । विमानस्थलबाट सीता, तारा र समिटलगायतका कम्पनीले सेवा दिँदै आएका छन् ।
मौसम अनुकुल भएको समयमा दैनिक ५० देखि ६५ वटासम्म उडान भइरहेको नागरिक उड्डयन प्राधिकरण रामेछापका सूचना अधिकारी प्रज्वल गुरागाईंले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4