
News Summary
Generated by OK AI. Editorially reviewed.- सर्लाही हरिपुर्वा नगरपालिका-१ हर्दी नदीमा माटोको ढिस्को खस्दा चारजनाको मृत्यु भएको छ।
- मृत्यु हुनेमा दुई बालबालिका समेत छन् जसमा ८ वर्षका डिल्लु मंसुर र ९ वर्षकी नर्गिस खातुन छन्।
- घटना दशैंका लागि घर लिपपोत गर्ने क्रममा माटो खन्ने क्रममा बिहान ९:२० बजे भएको थियो।
१५ असोज, जनकपुरधाम। सर्लाही हरिपुर्वा नगरपालिका-१ हर्दी नदीमा माटोको ढिस्को खस्दा पुरिएर चारजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई बालबालिका छन्।
महोत्तरी सोनमा गाउँपालिका-६ मगरथाना बस्ने बेधु मंसुरकी ६५ वर्षीया श्रीमती सायदा खातुन, ६ वर्षकी सविवा खातुन, अल्लाउदिन मंसुरका ८ वर्षीय छोरा डिल्लु मंसुर र नसरुल शेखकी ९ वर्षकी छोरी नर्गिस खातुन छन्।
दशैंका लागि घर लिपपोत गर्ने माटो खन्ने क्रममा ढिस्को खसेको हो। आज बिहान ९:२० बजे ढिस्को खस्दा चारैजना पुरिएका थिए। घाइतेहरुलाई निकाली प्रादेशिक अस्पताल मलंगवा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रतिक्रिया 4