News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेल आज कुआलालम्पुरमा विहान ११:४५ बजे खेल्दै छ।
- नेपालले मलेसियासँग ११ पटक टी-२०आई खेल्दा ७ मा जित र ४ मा पराजित भएको छ, पछिल्लो खेल सन् २०२४ को एसीसी महिला प्रिमियर कपमा ४ विकेटले हार भएको थियो।
- नेपालले आगामी जनवरीमा घरेलु मैदानमा हुने महिला टी-२० विश्वकप ग्लोबल छनोटका लागि तयारी स्वरूप अक्टोबर ८ सम्म पाँच खेलको शृंखला खेल्नेछ।
१६ असोज, काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत आज पहिलो खेल खेल्दै छ । मलेसियाको कुआलालम्पुरमा हुने खेल विहान ११:४५ बजेदेखि सुरु हुनेछ ।
नेपालले मलेसियासँग हालसम्म ११ पटक टी-२०आई खेलेको छ जहाँ ७ खेलमा जित निकाल्दा ४ मा पराजित भएको छ ।
पछिल्लोपटक नेपालले मलेसियासँग सन् २०२४ को एसीसी महिला प्रिमियर कपमा खेलेको थियो जहाँ ४ विकेटले पराजित भएको थियो ।
यस शृंखलाअघि तयारी स्वरूप नेपालका खेलाडीहरू सेप्टेम्बर २४ देखि ३० तारिखसम्म मलेसियन सुपर वुमन सिरिजमा सहभागी भएका थिए । उक्त प्रतियोगितामा १४ खेलाडी फरक–फरक पाँच टोलीबाट खेलेर अनुभव बटुले।
नेपाली महिला टोलीले आगामी जनवरीमा घरेलु मैदानमै हुने महिला टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दै छ । त्यसको तयारीका लागि यो सिरिज खेल्न लागिएको हो ।
आगामी अक्टोबर ८ सम्म शृंखलाका ५ खेल हुनेछन्।
नेपालको टोली : इन्दु बर्मा, पूजा महतो, राजमती ऐरि, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा बिस्ट, सावित्री धामी, कविता कुँवर, रुबिना क्षेत्री, सीता राना मगर छन् ।
प्रतिक्रिया 4