+
+
Shares

मानवीय सहायतामा गाजा गइरहेका ग्रेटा थनबर्गलगायत इजरायली नियन्त्रणमा

जीएसएफले इजरायली नौसेनाले गाजातर्फ गइरहेको उनीहरूको एउटा डुङ्गालाई जानीबुझी टक्कर दिएको र केही डुङ्गाहरूमा पानीको फोहोरा छर्किएको आरोप लगाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १६ गते ११:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायलको विदेश मन्त्रालयले स्विडेनी अभियन्ता ग्रेटा थनबर्गलाई डुङ्गाबाट हिरासतमा लिइएको फुटेज सार्वजनिक गरेको छ।
  • इजरायली नौसेनाले गाजाका लागि सहायता सामग्री लिएर गइरहेका डुङ्गाहरूलाई रोकेर सवारलाई इजरायलको बन्दरगाहमा लगिरहेको जनाएको छ।
  • ग्लोबल सुमद फ्लोटिलाले इजरायली कारबाहीलाई 'गैरकानूनी' भनेको छ भने इजरायलले नियम उल्लंघन भएको अस्वीकार गरेको छ।

१६ असोज, काठमाडौं । इजरायलको विदेश मन्त्रालयले स्विडेनी अभियन्ता ग्रेटा थनबर्गलाई एउटा डुङ्गाबाट हिरासतमा लिइएको फुटेज सार्वजनिक गरेको छ।

इजरायली नौसेनाले गाजाका लागि सहायता सामग्री लिएर गइरहेका डुङ्गाहरूलाई रोकेर ती डुङ्गाहरूमा सवार वातावरण अभियन्ता ग्रेटा थनबर्गसहित अन्य अभियन्ताहरूलाई हिरासतमा लिएको हो।

इजरायलको विदेश मन्त्रालयले ती डुङ्गाहरूलाई ‘सुरक्षित रूपमा रोकिएको’ र डुङ्गामा सवार मानिसहरूलाई इजरायलको एउटा बन्दरगाहमा लगिंदै गरेको बताएको छ।

इजरायलले डुङ्गाहरूलाई युद्ध क्षेत्र नजिक गइरहेकोले आफ्नो बाटो परिवर्तन गर्न भनिएको स्पष्ट पारेको छ ।

अर्कोतर्फ, ग्लोबल सुमद फ्लोटिला (जीएसएफ) ले यस कारबाहीलाई ‘गैरकानूनी’ भनेको छ ।

जीएसएफले इजरायली नौसेनाले गाजातर्फ गइरहेको उनीहरूको एउटा डुङ्गालाई जानीबुझी टक्कर दिएको र केही डुङ्गाहरूमा पानीको फोहोरा छर्किएको आरोप लगाएको छ।

सङ्गठनले गाजाको नाकाबन्दी कायम राख्न इजरायल ‘कुनै पनि हदसम्म जान सक्छ’ भन्ने देखाएको बताएको छ ।

इजरायलले यी आरोपहरूलाई अस्वीकार गर्दै फ्लोटिलाले यसअघि नै सेनाको नाकाबन्दीको नियम उल्लंघन गरेको बताएको छ ।

तर, डुङ्गाहरू वास्तवमा प्रतिबन्धित क्षेत्रमा प्रवेश गरेका थिए वा थिएनन् भन्ने कुरा भने अझै स्पष्ट भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?