+
+
Shares

महोत्तरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १७ गते ७:५४

१७ असोज, जनकपुरधाम । महोत्तरीको बर्दिबास नगरपालिका खैरमारामा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ ।

काठमाडौं–खैरमारा चल्ने ना ६ ख १४६४ नम्बरको बस आज बिहान काठमाडौंतर्फ जान लागेको बेलामा दुर्घटना भएको हो । दुर्घटनामा स्थानीय करिब ८० वर्षीय चुल्हाइ चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । एक जना बसमा च्यापिएका छन् ।

प्रहरी घटनास्थलमा टोली पुगेर घाइतेहरुको उद्धार गर्दै अस्पताल पठाएको छ । दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?