
१७ असोज, जनकपुरधाम । महोत्तरीको बर्दिबास नगरपालिका खैरमारामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २ पुगेको छ । २० जना घाइते छन् ।
काठमाडौं–खैरमारा चल्ने ना ६ ख १४६४ नम्बरको बस आज बिहान काठमाडौंतर्फ जान लागेको बेलामा दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका ईश्वरपुर नपा १२, सर्लाहीका शुख बहादुर खड्काका छोरा १२ वर्षीय प्रविण खड्काको शुभस्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या दुई पुगेको हो । यसअघि स्थानीय करिब ८० वर्षीय चुल्हाइ चौधरीको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले बस दुर्घटनामा दुई जनाको मृत्यु भएको पुष्टि गरे । उनका अनुसार बस दुर्घटनामा २० जना घाइते भएको छन् भने घाइतेहरुमध्ये ५ जनाको अवस्था गम्भीर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4