फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको खराब मौसमका कारण विराटनगरबाट काठमाडौं उडेको यति एयरलाइन्सको जहाज पोखरा डाइभर्ट गरिएको छ।
- जहाजमा रहेका ६९ जना यात्रु पोखरा विमानस्थलमा अवतरण गरेका छन्।
- पोखरा विमानस्थल खुला रहेको र यहाँबाट काठमाडौं र भरतपुर उडान भइरहेको सूचना अधिकारी जशोदा रेग्मीले बताए।
१८ असोज, पोखरा । विराटनगरबाट काठमाडौं उडेको यति एयरलाइन्सको जहाज काठमाडौं अवतरण गर्न नसकेपछि पोखरा डाइभर्ट गरिएको छ ।
काठमाडौंको मौसम खराब भएपछि ६९ जना यात्रु बोकेको जहाज पोखरा अवतरण गरिएको हो ।
पोखराको विमानस्थल भने खुलेको छ । विमानस्थलका सूचना अधिकारी जशोदा रेग्मीका अनुसार विराटनगरको जहाज पोखरा ल्याण्ड भएको र फेरि काठमाडौं नै फर्किने तयारीसमेत गरिएको छ ।
अहिले पोखरा–काठमाडौं र भरतपुर उडान भइरहेको रेग्मीले जानकारी दिइन् । ‘पोखरा विमानस्थल क्लोज छैन, यहाँबाट प्रमुख सहरमा उडान भइरहेको छ,’ रेग्मीले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4